काठमाडौं । एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ टी-ट्वान्टी क्रिकेटमा शनिबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र काठमाडौं किङ्स इलेभनबीच प्रतिस्पर्धा हुनेछ । खेल विहान साढे ९ बजे हुनेछ । दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।…