२२ भदौ २०८३, सोमबार | September 8, 2026

रोल्पा अस्पताल भवन बनाउन ढिला गर्ने ठेकेदार कम्पनीलाई कारवाही थाल्न मुख्यमन्त्री केसीको निर्देशन



रोल्पा । रोल्पामा पहिलो अक्सिजन प्लान्ट संचालनमा आएको छ । पहिलो अक्सिजन प्लान्टकारुपमा संचालनमा आएको प्लान्टको शुक्रबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गरेका छन् ।

उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले रोल्पा जिल्लामा जडान गरिएको अक्सिजन पलान्टले अक्सिजनको अभावमा जीवनको मृत्यु हुने जोखिमलाई न्यूनिकरण गर्दै आम रोल्पालीको जीवन सुरक्षा हुने बताए । ‘हामीले कोरोनाको कारणले गर्दा धेरै शिक्षा पनि लियौँ, अब अक्सीजनको अभावमा हुने जोखिमलाई कम गर्न सकिने र जीवन जोगाउनका लागि सहज हुनेछ ।’ उनले भने ।

उनले रोल्पा जिल्लाबाट रिफर हुने विरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा नै उपचार हुने वातावरणको सृजना गर्नका लागि प्रदेश सरकारले व्यवस्था गरेको बताए ।

मुख्यमन्त्री केसीले रोल्पा अस्पताल भवनको निर्माणमा भएको ढिलाई बारेमा चासो राख्दै निर्माण व्यवसायीलाई तुरुन्त छानविन र निर्माण गराउनको पहल थाल्न मञ्चबाटै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । ‘रोल्पा अस्पतालको निर्माणमा भएको ढिलाई प्रति प्रमुख जिल्ला अधिकारीले तुरुन्त जाँचबुझ गरी तुरुन्त कारवाही प्रक्रिया अगाडि बढाउनु समेत आग्रह गर्दछु ।’ उनले भने, -‘राज्यकोषले लिएको कार्यक्रमलाई नै छिटो रुपमा नै अगाडि बढाउनको पर्दछ, भवन निर्माणमा ढिलाई गर्नु हुँदैन जसलाई पनि कारवाही गर्नुपर्दछ ।’

मुख्यमन्त्री केसीले स्वास्थ्यक्षेत्रको समस्यालाई हल गर्नका लागि नै प्रदेश सरकारले पहिलो प्राथमिकताकासाथ ध्यान दिएको बताए ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लामाअक्सिजन जडान भएपछि आम रोल्पालीको जीवन सुरक्षा हुने कुरामा विस्वास व्यक्त गरे । उनले रोल्पा जिल्लामा विशेषज्ञ चिकित्सकको व्यवस्था गरी जनतालाई सेवा प्रदान गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ९ : २५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार