काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले संसद्मा प्रस्तुत गरेको बजेटले आम नागरिकका विकास र समृद्धिका आकांक्षा पूरा गर्न नसक्ने देखिएको प्रतिपक्ष दलका अधिकांश सांसदले सदनमा धारणा राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शक्ति र पहुँचका आधारमा बजेट विनियोजन भएको, कम लागतका आयोजनामा बजेट छरिएको, विनियोजन कुशलता नदेखिएकोलगायत विषय उठाएका हुन् ।…