काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गरेका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री देउवाले कांग्रेससँगै सबै दलको सहयोगमा एमसीसी अनुमोदन हुने विश्वास व्यक्त गरेको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए…