काठमाडौं । विश्व ओजोन तह दिवस बिहीबार वातावरण संरक्षणका विभिन्न पहल कदमीका साथ मनाइँदै छ । सन् १९८७ सेप्टेम्बर १६ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरूको उत्पादनमा कमी ल्याउने मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेको दिनको स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । यो दिवस सन् १९९५ देखि मनाउन थालिएको हो । ओजोन तहको विनाश…