काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वैधानिकता समाप्त भइसकेकाले पुनः साधारणसभा गर्न सहमति दिन नसकिने निर्णय गरेको छ । सङ्घले गत पुस २८ गते पुनः साधारणसभाका लागि निर्देशन माग गरेकामा संस्थाको वैधानिक कार्यकाल समाप्त भइसकेको र पटक–पटक तोकिएको मितिमा साधारणसभा नगरेको देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले पुनः साधारणसभा गर्नका लागि…