१८ भदौ २०८३, बिहिबार | September 3, 2026

गठबन्धन  निर्वाचनसम्म निरन्तर रहन्छ : प्रधानमन्त्री देउवा



तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् ।

उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गरे । ‘गठबन्धनलाई सँगै लैजान जरुरत छ । स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’, उनले भने ।

निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको भनाइ छ । ‘किनकि उहाँहरूको योगदानलाई बिर्सन हुँदैन । प्रधानमन्त्री हुन धेरै पार्टीका साथीहरू लालायित थिए’, उनले भने ।  प्रजातन्त्र बचाउन राष्ट्रिय एकतालाई जोड दिनुपर्ने देउवाले बताए । तनहुँ ऐतिहासिक थलो भएकाले कांग्रेस एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ३ : ०४ बजे

Indian Ambassador Says Rescue Efforts Continue Inside Chilime Tunnel Despite Difficulties

Rasuwa: The Nepali Army and an Indian technical team have

चिलिमे पुगेपछि भारतीय राजदूतले भने – कठिनाइका बीच सुरुङमा उद्धार प्रयास जारी छ

रसुवा । बाढीले पुरिएको रसुवाको स्याफ्रुबेसीस्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा

Pakistan Stands With Flood-Hit Nepal as PM Shehbaz Visits Nepali Embassy

Islamabad: Pakistan Prime Minister Muhammad Shehbaz Sharif visited the Embassy

इस्लामावादस्थित नेपाली दूतावास पुगेर पाकिस्तानी प्रधानमन्त्री शहबाजले दिए समवेदना

इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले नेपालमा गएको विनाशकारी बाढीबाट

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा