जनकपुर । कोरोना विरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो समय यस प्रदेशमा सङ्क्रमितको सङ्ख्याभन्दा…