६ श्रावण २०८३, बुधबार | July 22, 2026

दुई वर्षपछि होलीमा रम्यो रुपन्देही (फोटो फिचर)



भैरहवा । दुई वर्षदेखि पर्व तथा महोत्सवमा रम्न नसकेका रुपन्देहीवासी होली पर्वमा रमेका छन् ।

कोभिडका कारण विगतका दुई वर्ष सुनसान रहेको होलीमा यस वर्ष तराईवासीले उत्साहका साथ होली पर्व मनाएका छन् ।सडक रंगमय थिए, निजी क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कर्मचारी, संघसस्थाले होली मिलन कार्यक्रम भन्दै ठाउँ-ठाँउमा आयोजना गरेर एक अर्कामा रङ्ग साटासाट गर्दै मनाए ।

उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले कोभिडको कारण सिथिल रहेको आर्थिक क्षेत्र अब होलीको पर्वसँगै गति लिने गति लिने आशा रहेको बताए । ‘जसरी रंगहरू आपसमा रंगीचंगी भएर राम्रो देखिएको छन् त्यसैगरि होलीपछिका हाम्रा दिन पनि रंगिन भएर जाने आसा छ,’ उनले भने ।

होलीमा सर्वसाधारणले ढुक्क भएर पर्व मनाए पनि जिल्लामा सुरक्षा संयन्त्र दुर्घटना नहोस् भन्नका लागि तमतैनाथ भएर होमिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले होलीलाई मर्यादित, सभ्य र दुर्घटना रहित बनाउनका लागि जिल्लाभर पाँच सय प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

नियमित चेकजाँचसँगै पिकेट टोली, मोबाइल गस्ती, मोटरसाइकल र पैदल गस्ती, थप चेकिङ प्वाइन्ट, भिडभाड भएको स्थलमा प्रहरी परिचालन गरी सुरक्षा बढाइएको कार्यालयले जानकारी दिएको छ । होलीलाई नै मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले पनि संयुक्त रुपमा चेकिङ बढाएको थियो रुपन्देहीमा कुनै पनि दुर्घटना भएको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : ३४ बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ