काठमाडौं । आज १० अक्टोबर अर्थात् विश्व मानसिक स्वास्थ्य दिवस । यस वर्ष ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ मुल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक सन् १९९२ मा विश्व मानसिक स्वाथ्य दिवस मनाएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष १० अक्टोबरमा यो दिवस मनाइन थालिएको…