२५ असार २०८३, बिहिबार | July 9, 2026

एमसीसी अनुमोदन पार्टीबाट फेल भए राजीनामा दिने प्रचण्डको घोषणा



विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीलाई पार्टीले अनुमोदन नगरे अध्यक्ष पदबाट राजीनामा दिने जनाएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले एमसीसीबारे पार्टीमा गम्भीर बहस कायम रहेको बताए । आगामी चुनावपछि बस्ने बैठकमा यसबारे छलफल हुने उनले स्पष्ट पारे । प्रचडले आवश्यक परे पार्टीभित्र फोरम चलाउन पनि दिने गरी अघि बढेको जनाए । त्यो बेला एमसीसी अनुमोदन पार्टीभित्र फेल भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला ।’

अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनका क्रममा गरिएको व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिए । उनले त्यसो गरे सरकार छाडेर आन्दोलनमा जाने अवस्था आउनसक्ने उनले बताए । प्रचण्डले भने, ‘व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् । व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा जाने विश्वास लिएका छौं ।’

प्रचण्डले एमसीसी अनुमोदनका कारण पार्टी छोडेका नेताहरु एमालेमा प्रवेश गरेकोमा व्यंग गरे । उनले भने ‘यो भन्दा विचित्र के हुन्छ रु जानु नि बरु किरणजी, विप्लवकहाँ । नभए नारायणमान विजुक्छे कहाँ जानू । संसदमा एमसीसीको सबभन्दा चर्को विरोध त नारायणमान विजुक्छेजीको पार्टीको प्रेम सुवालले गर्नुभएको छ । त्यहाँ गएको भए त विरोध गरेको पनि अर्थ हुन्छ नि’

अध्यक्ष प्रचण्डले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने पनि स्पष्ट पारे । तर, स्थानीय तहमा गठबन्धन बनाएर तालमेल गर्न सकिने पनि उनले जनाए ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : २९ बजे

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित

दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधनको बहसका लागि

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास