२४ मंसिर २०८०, आइतबार | December 11, 2023

एमसीसी अनुमोदन पार्टीबाट फेल भए राजीनामा दिने प्रचण्डको घोषणा



विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीलाई पार्टीले अनुमोदन नगरे अध्यक्ष पदबाट राजीनामा दिने जनाएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले एमसीसीबारे पार्टीमा गम्भीर बहस कायम रहेको बताए । आगामी चुनावपछि बस्ने बैठकमा यसबारे छलफल हुने उनले स्पष्ट पारे । प्रचडले आवश्यक परे पार्टीभित्र फोरम चलाउन पनि दिने गरी अघि बढेको जनाए । त्यो बेला एमसीसी अनुमोदन पार्टीभित्र फेल भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला ।’

अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनका क्रममा गरिएको व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिए । उनले त्यसो गरे सरकार छाडेर आन्दोलनमा जाने अवस्था आउनसक्ने उनले बताए । प्रचण्डले भने, ‘व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् । व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा जाने विश्वास लिएका छौं ।’

प्रचण्डले एमसीसी अनुमोदनका कारण पार्टी छोडेका नेताहरु एमालेमा प्रवेश गरेकोमा व्यंग गरे । उनले भने ‘यो भन्दा विचित्र के हुन्छ रु जानु नि बरु किरणजी, विप्लवकहाँ । नभए नारायणमान विजुक्छे कहाँ जानू । संसदमा एमसीसीको सबभन्दा चर्को विरोध त नारायणमान विजुक्छेजीको पार्टीको प्रेम सुवालले गर्नुभएको छ । त्यहाँ गएको भए त विरोध गरेको पनि अर्थ हुन्छ नि’

अध्यक्ष प्रचण्डले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने पनि स्पष्ट पारे । तर, स्थानीय तहमा गठबन्धन बनाएर तालमेल गर्न सकिने पनि उनले जनाए ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : २९ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक