काठमाडौं । नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्न बार कार्यसमितिलाई सुझाव दिएको छ । मंगलबार बसेको सल्लाहकार समितिको बैठकले प्रधानन्यायाधीसको राजनीनामा माग्न र उनले राजीनामा नदिए आन्दोलन गर्न कार्यसमितिलाई सुझाव दिएको हो । बारका पूर्वअध्यक्षहरु र समहासचिवहरु एवं उपत्यकाका बरिष्ठ अधिवक्ताहरू सल्लाहकार समितिका ३७ जना सदस्यहरुको उपस्थितिमा भएको छलफलमा प्रधानन्यायाधीसको राजीनामा…