काठमाडौं । बागमती नदीको शङ्खमूल क्षेत्रमा महिनौँदेखि थुप्रिएको फोहरको व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको ४५३ औँ हप्ताको सफाइका क्रममा आज शङखमूल पुलमुनि थुपारिएको फोहर उठाएर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सो अवसरमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जेसिभी प्रयोग गरेर थुपारिएको फोहर उठाएको थियो । सफाइबाट तीन मेट्रिकटन…