६ भदौ २०८३, शनिबार | August 22, 2026

एमालेले ढाल्न नचाहेर वर्तमान सरकार टिकेको विष्णु पौडेलको दाबी



बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे १ हप्तामा वर्तमान सरकार ढाल्न सक्ने घोषणा गरिरहँदा एमालेकै उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेले चाहे वर्तमान सरकारलाई जतिसुकै बेला ढाल्न सक्ने दावी गरेका छन् । एमाले तिलोत्तमाको नगर अधिवेशनमा मंगलबार बोल्दै नेता पौडेलले पाँच दलीय गठबन्धन सरकारलाई पौडेलले तास र बालुुवाको घरको संज्ञा दिए ।

उनले तास र बालुकाको घर जस्तै वर्तमान गठबन्धन सरकार एमालेले जुनसुकै बेला ढाल्न सक्ने दाबी गरे । ‘एमालेले चाहेमा जतिसुकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बदल्न सक्छौं । पौडेलले भने, ( तर, हाम्रो चाहना अहिले सरकार होइन । पार्टीको संगठन निर्माण हो । हाम्रो सम्पूर्ण तागत र क्षमता संगठन निर्माणमा केन्द्रित छ ।’

आफूहरु सिंहदरबारबाट केही महिनाका लागि मात्र बाहिरिएको उल्लेख गई निर्वाचन पछि एमालेलाई सत्तामा आउन कसैले रोक्न नसक्ने बताए । ‘हामी अहिले निर्वाचनमा केन्द्रित छौं । निर्वाचनपछि कसैले चाहेर पनि हल्लाउन नसक्ने एमालेको सरकार बन्छ । स्थानीय, प्रदेश र संघमा एमालेको एकल सरकार बन्छ ।’ पौडेलले भने ।

उनले एमाले विभाजन पूर्व भन्दा झनै शक्तिशाली भएको बताउँदै पार्टी विभाजनले एमालेमा कुनै क्षति नभएको स्पष्ट पारे । एमाले विरुद्ध भइरहेका सबै प्रयासलाई नाकाम तुल्याउने गरी लाग्न कार्यकतालाई निर्देशन दिए । नेता पौडेलले अधिवेशनबाट सर्वसम्मत रुपमा संशक्त टिम चयन गर्न पालिका अधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : १८ बजे

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज