काठमाडौं । संघीय संसद अन्तर्गत रहेका चारवटा संसदीय समितिका बैठक आज (सोमबार) सिंहदरबारमा बस्दैछन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदा विषयमा छलफल हुने कार्यसूची छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे कानून समितिको सभाकक्षमा बस्नेछ ।…