२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

संघीय संसदका चार समितिको बैठक आज सिंहदरबारमा



काठमाडौं । संघीय संसद अन्तर्गत रहेका चारवटा संसदीय समितिका बैठक आज (सोमबार) सिंहदरबारमा बस्दैछन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदा विषयमा छलफल हुने कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे कानून समितिको सभाकक्षमा बस्नेछ । बैठकमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सम्बन्धमा सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावबारे छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । यस बैठकमा स्वास्थ्यसम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो साढे १२ बजे बस्नेछ । बैठकमा केरा व्यवसायी कृषकका समस्या सम्बन्धमा अर्थ, कृषि तथा पशुपक्षी विकास तथा उद्योग वाणिज्य मन्त्रालयका प्रतिनिधि र सरोकारवालासँग छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : ०६ बजे

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद

रौतहट । नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवैध निकासी हुन लागेको ठूलो

काठमाडौं-तराई फास्ट ट्र्याकमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमार क्षेत्रमा रहेको काठमाडौं-तराई द्रुतमार्ग

फिफा विश्वकप फुटबल २०२६ आज रातिबाट सुरु हुँदै

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।