रोल्पा । भैरहवाबाट रोल्पाको कोर्चावाङमा शव छाडेर फर्कने क्रममा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार माडी गाउँपालिकाका–२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको हो ।…