काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ । स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा छापा मारेको हो । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार स्थलगत रुपमा देखिएका सबै विषयवस्तु अनुसन्धान गर्नेछ र मुचुल्का बनाएर…