काठमाडौं । नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्। सार्वजनिक लोगोमा राष्ट्रिय झन्डासँगै धरहरा र पाँचतले दरबारको प्रतीकात्मक आकृति समावेश गरिएको छ। यसपटक महाधिवेशनको नारा ‘निर्णय राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’…