२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….



जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले सोमबार दायर गरिएका प्रअमहतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९/८० मा विद्यालयलाई प्राप्त रु एक लाख ४५ हजार ३५० छात्रावृत्ति रकम हिनामिना गरेको आरोप लागेको छ ।

प्रअमहतले मिति २०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्राहरूलाई छात्रवृत्ति रकम रु एक हजारको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्राहरूलाई एक हजार ४८५ रुपैयाँ २३ पैसाका दरले ४४ जनालाई रु ६५ हजार ३५० गरी रु एक लाख ४८ हजार ३५० वितरण गरेको भर्पाइ तातोपानी गाउँपालिकालाई पठाएको देखिएको जनाइएको छ ।

विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरूले एकापसमा मिलेमतो गरी २०८० असोज २१ गते झुट्टा भर्पाइ पुनः कीर्ते गरी २०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भर्पाइ तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय (ङ) बमोजिमको कसुरमा उनीहरूविरुद्ध रु एक लाख ४५ हजार ३५० बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएकोे छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ९ : ५१ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी