रुकुम । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका-५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ । खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी आयोजनाको शुक्रबार शिलान्याससमेत गरिएको छ। वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरेका हुन् । यसका लागि लुम्बिनी प्रदेश सरकारको नौ करोड बजेट विनियोजन गरेको थियो ।…