११ भदौ २०८३, बिहिबार | August 27, 2026

चौँतिस वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय

जलेश्वर । सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एउटा विद्यालय ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालन हुँदै आएको रहस्योद्घाटन भएको छ । अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका–९ मधवा गाउँमा अवस्थित श्री हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासीनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालन हुँदै आएको हो…