काठमाडौं । मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले सरकारको निर्देशनअनुसार आफ्नो मोबाइल डाटाबाट सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालन नहुने जनाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा सरकारले रोक लगाउने निर्णय गरेका २६ वटा सामाजिक सञ्जाल अब एनसेलको नेटवर्कमार्फत प्रयोग गर्न नसकिने स्पष्ट पारिएको छ । यसबाट प्रयोगकर्ताहरूलाई असुविधा हुनसक्ने भन्दै कम्पनीले क्षमा…