१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

रूपन्देही-३ जनमत पार्टीबाट धनिराम चौधरी उम्मेदवार

बुटवल । रूपन्देही क्षेत्र नं. ३ मा हुन लागिरहेको उपनिर्वाचनका लागि जनमत पार्टीले धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र यादवले चौधरीको उम्मेदवारीबारे जानकारी दिएका हुन् । हालै मात्र जनमतमा प्रवेश गरेका चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट उम्मेदवार बनेका थिए । चौधरी सियारी गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।