दैलेख । दैलेखका चामुण्डावीन्द्रासैनी नगरपालिका-२ को एक विद्यालयले राहत कोटामा नाम निकालेका शिक्षकलाई नियुक्ति नदिएर अल्झ्याइएको छ । चामुण्डावीन्द्रसैनी-२ बाँसठानामा रहेको भैरव माध्यमिक विद्यालयमा आफ्नी श्रीमतीलाई जागिर खुवाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रकुमार कँडेलले जालझेल गरिरहेका हुन् । ५ चैत २०७७ मा विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सोही १० गते एक जना प्रावि राहत…