धनगढी । कैलालीमा कालो ढुसीको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको हो । अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी) का कारण बिहीबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिएका छन्। लक्षण देखिएपछि ‘बायोप्सी’…