७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

ओली भन्छन् – देशको सबैभन्दा ठूलो जनसंख्या केपी ओलीको साथमा छ



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् ।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन। ओलीले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गरेका थिए ।

“बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ”, ओलीले भने “पार्टीलाई स्वार्थ र विकाउमा नलगाउँ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।”

अध्यक्ष केपी ओलीले तीन करोड जनसङ्ख्यामध्ये केही दर्जन मानिस आफ्नो बदनामीमा लागेको बताए । ‘केपी ओलीका सुन्ड मुण्डहरूले घर अगाडि आएर पख्लास् भने रे’, केही दिन अघि माधव नेपालले ओलीबारे बोलेको कुरालाई व्यंग गर्दै उनले भने, ‘यस्ता कुरा नगरे हुन्छ । केपी ओलीको साथमा रहेको कुनै झुन्ड होइन, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेको साथमा छ । देशको सबैभन्दा ठूलो जनसङ्ख्या केपी ओलीको साथमा छ ।’

ओलीले आफु विरुद्ध मुख छाडेर कसैको जीविका चल्छ भने खुसी नै हुने बताए । तीन करोड जनसङ्ख्यामा केही दर्जन मानिसहरू बदनामीमा लागेर आफुलाई केही नहुने उनको तर्क थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसद्बाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।”

अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराधको विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताए । “एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै”, उनले भने, “न्यानोपन दिन्छ नै, यसले आफ्नो सही विचार र सही मार्ग पनि हो, यसका लागि महिलाको सहयोग जरुरी छ ।”

उनले सामाजिक जीवनका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए । सङ्घका संयोजक थममाया थापाले पार्टीलाई सङ्गठित रुपमा अगाडि बढाइनुपर्नेमा जोड दिइन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : ४७ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा