काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेष्ठ नागरिकबाट दिन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त अनुदानको खोपलाई जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिन सुरु गर्ने भएको हो । पहिलो चरणमा देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले…