काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि हुने भनिएको मतदान दिउँसो १ बजेदेखि हुने भएको छ । मतदानको तयारी पूरा नभएकाले समय सारिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । सभापतिसहित…