२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ । बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड र बेनी-दरवाङ सडकमा आज साँझ ५ः०० बजेदेखि शनिबार बिहान ७ः०० बजेसम्मका लागि यातायात सञ्चालन बन्द गरिएको कार्यालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंबाट प्राप्त मौसम…