काठमाडौं । सत्तारूढ दलले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा विपक्षी सांसदहरूको समेत साथ रहने भएको छ । मंगलबार (भदौ ३) बिहानदेखि नेपाली कांग्रेस र नेकपा (एमाले)ले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अभियानप्रति समर्थन जनाउँदै सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हस्ताक्षर गरिन् । त्यस्तै, सीके राउत नेतृत्वको जनमत पार्टीका…