काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदल बैठकले सरकार संचालनका लागि आवश्यक न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्नेछ । मन्त्रिपरिषद् विस्तार गर्दा गठबन्धन दलहरुले पाउने मन्त्रालयको संख्या र मन्त्रालय बाँडफाँटबारे पनि सहमति…