७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीसले पाए सफाई



सर्वोच्च अदालतको अवहेलना मुद्दा लागेका चार जना पूर्वप्रधानन्यायाधीसले सफाई पाएका छन् ।

सर्वोच्चले चार जना पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई अवहेलना मुद्दामा शुक्रबार सफाइ दिएको हो।

गतवर्ष २०७७ को पुस २४ गते चार पूर्व प्रधानन्यायाधीशले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वक्तव्य दिएका थिए । उनीहरुले असंवैधानिक वक्तव्य जारी गर्नुअघि नै अदालतमा मुद्दा परिसकेको थियो । अदालतलाई प्रभावित पार्न खोजेको भन्दै पूर्वप्रधानन्यायाधीसहरु विरुद्ध अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले अवहेलनाको मुद्दा दायर गरेका थिए ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजालसले पूर्वप्रधानन्यायाधीसहरुमाथि अवहेलना मुद्दामा मागदाबी नपुगेको भन्दै सफाइ दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ४ : ०० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल