ताप्लेजुङ । हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द गरिएको थियो । हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय…