११ पुस २०८२, शुक्रबार | December 26, 2025

नक्कली बिहे गर्दै चीनमा नेपाली युवतीको तस्करी : चीन पुऱ्याएर बन्धक बनाई बच्चा जन्माउन बाध्य बनाइन्छ

काठमाडौं । रोजगारीको प्रलोभन दिँदै म्यारिज भिसामा चीन पुऱ्याइएकी एक २० वर्षीया युवती १० महिना लामो नारकीय जीवन बिताएर गत १२ कात्तिकमा स्वदेश फर्किइन् । चिनियाँ युवकसँग बिहे गराएर सोलुखुम्बुकी उनलाई २५ पुस ०७६ मा चीन पुऱ्याइएको थियो । युवतीले प्रहरीलाई दिएको बयानअनुसार चीनको सान्दोङ प्रान्तमा पुऱ्याएपछि उनीसँग नेपालमा विवाह गरेका युवक सम्पर्कविहीन भए ।…