काठमाडौ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमका लागि तालीम गोष्ठीका साथै पूर्वाधार निर्माणमा समेत जोड दिन निर्देशन दिएका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आगामी आर्थिक वर्ष २०७८/७९ को प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना पूर्वतयारी बैठकमा मुख्यमन्त्री राउतले परम्परागत कार्यक्रमले मात्र प्रदेश तथा स्थानीय शासनमा सहयोग नपुग्ने स्पष्ट पारे ।…