काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा बल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्ड नियुक्त भएका छन् । उनलाई महिला टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल संघ (एन्फा)ले जानकारी दिएको हो । एन्फाले २०८२ वैशाख ८ गते प्रो लाइसन्स प्राप्त प्रशिक्षकको लागि आवेदन माग गरेको थियो । आवेदनमा २१ वटा निवेदन परेका थिए ।…