पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दशैँ पर्वले सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । नेपालीहरूको महान पर्व विजयादशमी–२०७७ का अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेका…