१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

‘प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका छन्, निर्वाचन हुन्छ’ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित विरोध सभामा बोल्दै सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरे पनि मान्नुपर्ने बताएका हुन् ।

अदालतमा विचाराधीन मुद्दामा जुलुश निकालेर दबाब सिर्जना गर्न नहुने देउवाको भनाइ छ । जुलुशको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पु-याई संवैधानिक मूल्य र मान्यता अनुसार निर्णय गर्ने देउवाले बताए ।

प्रधानमन्त्री ओलीले निर्वाचन गराउने प्रतिवद्धता जनाएको भन्दै देउवाले निर्वाचन हुने विश्वास व्यक्त गरे । निर्वाचनमा सबै राजनीतिक दलले भाग लिने पनि उनको भनाइ छ ।

निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्ने उनले जनाए । जनतामा जाँदा केही नबिग्रिने भन्दै सभापति देउवाले सर्वोच्च अदालतभन्दा ठुलो अदालत जनता भएकोले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्नु नहुने उनको भनाइ छ ।

देशमा कम्युनिष्ट शासनबाट मुक्ति पाउन र प्रजातन्त्रको रक्षाको लागि जनताको जानुपर्ने देउवाको तर्क छ ।

अदालतले निर्वाचनमा जाने निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराएनन् भने त्यसपछ जनताले ओलीलाई सडकबाटै हटाउन बाध्य हुने सभापति देउवाले चेतावनी दिए ।

निर्वाचन नगरे प्रधानमन्त्री ओलीलाई जनताले नेपालमा बस्नै नदिने अवस्था बनाउन सक्ने उनले बताए ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : १८ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल