१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बुटवलको ट्राफिक चौकमा एकाबिहानै डोजर चल्यो, सडक अतिक्रमण गरेका घरटहरा भत्काउन सुरु



बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत राजमार्ग चौराहा चिडियाखोला सम्मका सडक किनारका घरमा डिभिजन सडक कार्यालयले डोजर चलाएर भत्काउन सुरु गरिएको छ । २४ घण्टे सुचना जारी भएको समायावधी पुरा भए लगत्तै घरटहरा भत्काउन सुरु गरिएको हो ।

आज बिहानै देखि ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहर भत्काउन सूरु गरेको छ ।अतिक्रमित क्षेत्रको मध्यखण्ड बुटवलको टाफिक चोकमा रहेको दुर्गा मन्दिरको सटर र त्यस आसपासमा रहेका घरहरुमा डोजर चलाइएको छ ।

पटक पटक अदालतको आदेशले रोकिदै आएको उक्त सडकको बिस्तारका बिरुद्ध नारायणी देवि प्रधान लगायतका २४ जनाबाट परेको पछिल्लो रिट निवेदनमा यस अघि गत असार ९ गते दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्बोच्च अदालतले गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक बिस्तार गर्ने बाटो खुलेको थियो ।

सर्बोच्च अदालतका न्यायधिस सपना प्रधान मल्ल र डा। मनोज कुमार शर्माको संयुक्त ईजलासले उक्त आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो । अदालतको त्यो आदेश दिए संगै बुटवल बेलहिया ब्यापारीक मार्ग बिस्तार आयोजनाले सडक सिमा भित्रका घरटहर तथा त्यहा बनेका संंरचना भत्काउने २४ घण्टे अल्टिमेटम दिएको थियो ।

सडक सिमा मिचेर निर्माण गरिएका घर टहर हटाउन पटक पटक सुचना गर्दा पनि स्थानीयबासी नमानेपछि बाध्य भएर डोजर चलाउनु परेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । आयोजनाले सुचना जारी गरे संगै अधिकांस घरधनीहरुःले सनिवार दिनभर लगाएर घर टहरा भत्काएका थिए ।

अदालतको आदेश अनुसार निवेदकहरुका कागजात अध्यायन गर्दा १ सय ५६ जना निवेदक मध्ये १ सय ५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको र ६ जनाको हकमा थप कागजात हेर्नु पर्ने भएकोले १५ दिन भित्र आयोजनामा सम्पर्क राख्न सूचना जारी गरेको भएपनि उनीहरुले आफ्नो प्रमाण पेश गर्न नसकेपछि सर्बोच्च अदालत पुगेका थिए ।
उक्त सडक खण्डमा ३ सय १० घर र बाकि ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक सिमा मिचेकोमा २ सय जना भन्दा बढीले यस अघिनै घर भत्काई सडक खालि गरी दिएका छन ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : १२ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको