काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीचको सम्भावित सहकार्यप्रति कटाक्ष गरेका छन् । मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्ता गठबन्धनलाई ‘कुखुरा र बाख्राको मोर्चा’ संज्ञा दिँएका हुन् । उनले एमालेजस्तो बलियो पार्टीसँग यस्तो दुब्लोपातलो मोर्चाले प्रतिस्पर्धा…