२१ चैत्र २०८२, शनिबार | April 4, 2026

संविधान संशोधनका लागि सहमति आवश्यक छ : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीको समीक्षा गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेता सिटौलाले संविधानको दीगोपनाका लागि समय सापेक्ष संशोधन हुनुपर्ने उल्लेख गर्दै दुवै सदनमा सरकारको दुई तिहाइ बहुमत नभएकाले सहमति जुटाएर संशोधन गर्न सकिने धारणा व्यक्त गरे ।…