काठमाडौं । देशभरको मौसम मंगलबार सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको मौसमविदले बताएका छन् । अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र…