६ आश्विन २०८३, मंगलबार | September 22, 2026

भारतमा शक्तिशाली तुफानका कारण १२ जनाको मृत्यु



एजेन्सी । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुन्द्री तुफानको प्रकोपले कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

दुई लाख मानिस विस्थापित भएको समाचार सार्वजनिक भएका छन् । अत्यन्त शक्तिशाली भनिएको समुद्री तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा कुदिरहेको बीबीसीले जनाएको छ।

ताउ-ते चक्रवातका कारण भारतको गुजरात, मुम्बईसहितका क्षेत्रको जनजीवन प्रभावित भएको छ । अरब सागरबाट विकास भई गुरातमा ल्याण्डफल भएको ताउ-ते का कारण भारी वर्षा तथा तीव्र गतिमा हावा चलेको छ ।

चक्रवातका कारण मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा कम्तीमा ९० जना बेपत्ता भएका छन् । सो पानी जहाजमा २७० सवार थिए, अहिलेसम्म १७७ जनाको उद्धार गरिएको भारतीय जल सेनाले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको सेनाले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १० : ५७ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत