२४ असार २०८३, बुधबार | July 8, 2026

कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक विषादी भेटियो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । मकवानपुरका दुई किसानबाट बजारमा ल्याइएका नमूनामा क्रमशः ४९.०३२ र ५१.४४६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी पाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी बजारका १७ वटा पसलबाट संकलित १७ थरी…