काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विष्फोटबाट मानवीय र भौतिक क्षति भएकोमा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले लेबननका राष्ट्रपतिलाई सन्देश पठाउँदै गहिरो दुःख व्यक्त गरेकी हुन् । सन्देशमा राष्ट्रपति भण्डारीले समकक्षी आओनलाई विस्फोटमा ज्यान गुमाएकाका परिवारजन, लेवनान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना, सहानुभूति र ऐक्यबद्धता प्रकट गरेकी छन्…