काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउको विषयलाई लिएर नाउपा र जनमत पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध बनाएका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउ घटनाको निष्पक्ष छानबिन गर्न माग गरिन । त्यसपछि शुन्यसमय सकिएपछि सभामुख देवाराज घिमिरेले बैठक नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा प्रवेश गरेको…