२६ असार २०८३, शुक्रबार | July 10, 2026

यात्रु बनेर रिक्सा अनुगमनमा बुटवलका मेयर पाण्डेय, चर्को मूल्यमा रिक्सा बेच्नेमाथि कारवाही गरिने



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल र यस आसपासका अटो रिक्सा ब्यवसायीले दर्ता गरिदिने झुठो आश्वासन दिएर महङ्गो मूल्यमा रिक्सा बिक्रीवितरण गर्ने गरेको बताएका छन् । सामाजिक सञ्जाल मार्फत नगर प्रमुख पाण्डेयले बुटवलमा नयाँ रिक्सा दर्ता गर्ने नीति नरहेको स्पष्ट पारेका छन् ।

उनले रिक्सा दर्ता हुन्छ भन्दै चर्को मूल्यमा रिक्सा बेच्ने ब्यक्ति र बिक्रेतामाथि छानबिन गर्ने समेत बताएका छन् । बुटवल उपमहानगरले अघिल्लो आर्थिक वर्ष देखि नै नयाँ रिक्सा दर्ता बन्द गरेको छ । नगरको ट्राफिक अस्तब्यस्त बनेको र नगर भित्रका रिक्सा चालकहरुबीच अस्वस्त प्रतिस्पर्धा भएको गुनासो आउन थालेपछि उपमहानगरले रिक्सा दर्ता बन्द गरेको थियो ।

नगर प्रमुख पाण्डेयले हाल रिक्सा दर्ता गर्ने नीति नभएको उल्लेख गर्दै भ्रममा नपर्न रिक्सा चालक र सरोकारवालाई नझुक्किन आग्रह समेत गरेका छन् । उनले दर्तावाल रिक्साको अनुगमन गर्न आफु रिक्सा मै हिँट्न थालेको समेत जनाएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : ०४ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा