काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालबीच आँखा उपचारमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा ती संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार दुवै पक्षबीच जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यक्रमहरु अगाडि बढाउन र आँखा स्वास्थ्यका सम्बन्धमा…