१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा



पर्वत । यहाँको जलजला गाउँपालिकामा सञ्चालिन निःशुल्क एम्बुलेन्स सेवाबाट ज्येष्ठ नागरिक, गरिब, असहायका लागि वरदान सावित भएको छ । गत वर्ष मात्रै यस सेवाबाट लक्षित समूहका तीन सय २७ जना लाभान्वित भएका छन् । त्यसबाहेक छ सय ३१ जनाले सेवा लिएका गाउँपालिकाले जनाएको छ ।

यहाँ आर्थिक वर्ष विसं २०८१/८२ मा गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको थियो । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले लक्षित वर्गलाई निःशुल्क र अन्यलाई सशुल्क सेवा दिने गरिएको बताए । त्यस क्रममा निःशुल्कतर्फ गर्भवती र सुत्केरी ७० जना, ज्येष्ठ नागरिक ९९, गरिब र असहाय ११०, अपाङ्गता भएका पाँच र आर्थिक अवस्था कमजोर भएका अन्य ४३ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

“समस्या परेका र आर्थिक अवस्था कमजोर भएका नागरिक यसबाट निकै लाभान्वित भएका छन् । समयमै उद्धार गरी धेरैको ज्यान जोगिएको छ । आगामी दिनमा यस सेवालाई थप प्रभावकारी बनाउँछौँ”, अध्यक्ष आचार्यले भने ।

गाउँपालिकाले अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, गरिब तथा असहाय र अन्य विशेष गरी पाँच अवस्थाका नागरिकलाई लक्षित वर्गमा राखेको छ । यी वर्गमा पर्नेहरूले निःशुल्क रूपमा एम्बुलेन्स सेवा पाएका छन् । अन्य नागरिकले पनि सुलभ मूल्यमा एम्बुलेन्स सेवा लिइरहेका छन्, जसबाट रु ११ लाख तीन हजार ६२३ राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताए ।

बेनी अस्पताल, धौलागिरि अञ्चल अस्पताल, पर्वत अस्पताल, पोखरा, काठमाडौँका अस्पतालसम्म एम्बुलेन्स उपयोगी भएको छ । सेवा सञ्चालन भएपछि तोकिएको समयमा गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवामा पहुँच, मातृशिशु मृत्युदर घटाउने र नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहज भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

यहाँ दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् । एउटा प्रवासी नाग्लीवाङवासीको सहयोगमा खरिद गरिएको छ भने अर्को भारतीय दूतावासले उपलब्ध गराएको हो । दुवै एम्बुलेन्स सञ्चालनका लागि छुट्टै समिति र खाता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । “मापदण्डअनुसार भाडादर निर्धारण गरिएको छ । लक्षित समुदायलाई सेवाका लागि गत आवमा रु पाँच लाख बजेट विनियोजन गरेको थियौँ । यसबाहेक सेवालाई प्रभावकारी बनाउन सहयोग गर्न चाहने इच्छुक व्यक्तिले एम्बुलेन्स सञ्चालक समितिको खातामा रकम जम्मा गर्ने व्यवस्थासमेत गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने ।

आवश्यकता परेकाहरुले एम्बुलेन्स चालकलाई २४ सै घण्टा पैसा नलाग्ने १८१०५०००१६८ टोलफ्रि नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : २६ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि